Tuesday, November 27, 2012

अर्को मंसिरमा राष्ट्रिय परिचयपत्र पाइने


काठमाण्डौं, १३ मंसिर / आगामी मंसिरभित्रै नागरिकताको सट्टा वितरण थालिसक्ने गरी सरकारले प्राविधिक तयारी अघि बढाएको छ ।
सवै नागरिकको व्यक्तिगत विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समावेश गर्दै परिचय नम्बर प्रदान गर्ने गरी राष्ट्रिय कार्ड वितरण गर्न लागिएको हो । सरकारले मेसिनले पढ्नसक्ने (मेसिन रिडेवल) कार्डका रुपमा राष्ट्रिय परिचयपत्र छाप्ने उपकरण खरिदको टेन्डर प्रक्रिया थालिसकेको खबर नागरिक दैनिकले छापेको छ ।
‘आगामी मंसिरदेखि नै सरकारले नागरिकताको सट्टा राष्ट्रिय पचियपत्र ‘स्मार्ट कार्ड’ वितरण गर्नसक्ने गरी टेन्डर प्रक्रिया अघि बढाईएको छ,’ गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका प्रमुख कार्यकारी निर्देशक तुलसीप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो अव एसियाली विकास बैंकबाट बोलपत्र अनुमोदन भएपछि दुई साताभित्रै टेन्डर सूचना प्रकाशित हुनेछ ।

No comments:

Post a Comment