Tuesday, November 27, 2012

नेपाली औद्योगिक मजदुरको ज्याला दक्षिण एसियामै बढी


काठमाण्डौं, १३ मंसिर / नेपालको औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरले पाउने ज्याला दक्षिण एसियाली मुलुकहरुमध्ये सबैभन्दा बढी भएको पाइएको छ । सार्क सदस्य राष्ट्रहरुमध्ये औद्योगिक क्षेत्रका मजदुरले पाउने न्युनतम ज्याला नेपालमा सबैभन्दा बढी रहेको एक सर्वेक्षणले देखाएको खबर कारोबार दैनिकले छापेको छ ।
नेपाल वाणिज्य महासंघ अन्तर्गतको रोजगारदाता परिषद्ले गरेको अनौपचारिक अध्ययनअनुसार मजदुरको न्युनतम ज्याला नेपालमा बढी भएको उल्लेख छ । नेपालमा मजदुरको मासिक ६ हजार ३ सय रुपैयाँ न्युनतम पारिश्रमिक पाउँदै आएका छन् ।
विश्वश्रम संगठन-आईएलओ) को प्रतिवेदन तथा सम्बन्धित मुलुकका रोजगार तथा मानव संशाधन मन्त्रालयहरुका आधिकारीक वेबसाइटमा उल्लेख भएअनुसार नेपाली मजदुरले पाउने न्युनतम ज्यालाको तुलना गरिएको हो 

No comments:

Post a Comment